मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गण्डकी प्रदेशका ४ जिल्लामा थप २५ जनामा कोरोना पुष्टि

गण्डकी प्रदेशका ४ जिल्लामा थप २५ जनामा कोरोना पुष्टि

नवलपरासी सुस्ता पूर्वका २१ जना, तनहुँका २ जना, बाग्लुङका १ जना र स्याङजाका १ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
 |  शुक्रबार, असार १२, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १२, २०७७

पोखरा– गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

नवलपरासी सुस्ता पूर्वका २१ जना, तनहुँका २ जना, बाग्लुङका १ जना र स्याङजाका १ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

२५ जना थपिएसँगै प्रदेशमा सङ्क्रमितको संख्या ७ सय ९२ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

प्रदेश क्षयरोग केन्द्र, पोखरा र भरतपुर अस्पताल, चितवनमा गरिएको परीक्षणमा थप २५ जनामा कोरोना पोजेटिभ देखिएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डाक्टर विनोद विन्दु शर्माले जानकारी दिए।

उनका अनुसार सबै सङ्क्रमितहरुलाई आइसोलेशनमा लैजाने तयारी भैरहेको छ ।

प्रकाशित: Jun 26, 2020| 07:45 शुक्रबार, असार १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।