मंगलबार, साउन १२, २०८३

अमेरिकामा २ करोड मानिसलाई कोरोना संक्रमण हुन सक्ने

अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल (सिडिसी) ले दुई करोड अमेरिकी कोरोना भाइरसबाट संक्रमित हुन सक्ने आशंका व्यक्त गरेको छ।
 |  शुक्रबार, असार १२, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १२, २०७७

अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल (सिडिसी) ले दुई करोड अमेरिकी कोरोना भाइरसबाट संक्रमित हुन सक्ने आशंका व्यक्त गरेको छ।

सिडिसीका निर्देशक डा. रोबर्ट रेडफिल्डले बिहिबार सञ्चारकर्मीहरुसँगको कुराकानीमा यस्तो आशंका व्यक्त गरेका हुन्। उनले भने, ‘एक जनामात्रै कोरोनाको नयाँ संक्रमित देखिँदा १० अन्य संक्रमित थपिइरहेका छन् ।’

सिडिसीका अनुसार अमेरिकामा यो महामारीले युवा वर्गलाई सर्वाधिक प्रभावित पारिरहेको छ। सिडिसीका संक्रामक रोग विशेषज्ञ डा. जय बटलरका अनुसार युवा संक्रमित हुनुको सबैभन्दा मुख्य कारण ज्येष्ठ नागरिकले जस्तो उनीहरुले सावधानी अपनाउँदैनन्।

युवामा कोरोनाबारे जागरुकता बढाउनका लागि टिकटकजस्तो सोसल मिडिया प्लेटफर्मको प्रयोग गर्ने सिडिसीले बताएको छ।

प्रकाशित: Jun 26, 2020| 06:51 शुक्रबार, असार १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।