मंगलबार, भदौ ९, २०८३

बिहारमा चट्याङ लागेर एकैदिन ८३ जनाको मृत्यु

भारतको बिहार राज्यमा चट्याङ लागेर एकैदिनमा ८३ जनाको मृत्यु भएको छ।
 |  शुक्रबार, असार १२, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १२, २०७७

भारतको बिहार राज्यमा चट्याङ लागेर एकैदिनमा ८३ जनाको मृत्यु भएको छ।

त्यहाँको प्रकोप व्यवस्थापन विभागका अनुसार हिजो बिहीबार चट्याङबाट यति ठूलो संख्यामा मानिसको मृत्यु भएको हो। सबैभन्दा बढी मृत्यु गोपालगञ्जमा भएको छ ।

त्यहाँ १३ जनाको मृत्यु भएको छ। त्यस्तै मधुवनी र नवादामा ८–८ जनाको मृत्यु भएको छ । यसबाहेक सिवानमा ६, भागलपुरमा ६, पूर्वी चम्पारणमा ५, दरभंगा र बाँकामा ५–५ जनाको मृत्यु भएको छ। त्यस्तै पश्चिमी चम्पारणमा २ जनाको मृत्यु भएको विभागले जनाएको छ।

प्रकाशित: Jun 26, 2020| 06:44 शुक्रबार, असार १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।