मंगलबार, भदौ ९, २०८३

लकडाउनको समयमा सयभन्दा बढी बलात्कारका घटना

बन्दाबन्दी (लकडाउन) को समयमा मुलुकभर १०९ बलात्कारका घटना अभिलेखीकरण भएका छन् ।
 |  शुक्रबार, असार १२, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १२, २०७७

बन्दाबन्दी (लकडाउन) को समयमा मुलुकभर १०९ बलात्कारका घटना अभिलेखीकरण भएका छन् ।

बन्दाबन्दीको समयमा ७३० महिला तथा बालिकामाथि भएका विभिन्न प्रकारका हिंसाको घटना अभिलेखीकरण भएकामध्ये १०९ बलात्कारका घटना रहेका हुन् । अपराधमा संलग्न व्यक्तिहरुमध्ये सबैभन्दा बढी ४७ प्रतिशत (६४ जना) छिमेकी छन् ।

महिला पुनस्र्थापना केन्द्र (ओरेक) ले बन्दाबन्दीको करिब तीन महिनाको अवधिमा गरेको अभिलेखीकरणअनुसार आठ सामूहिक बलात्कार र नौ वैवाहिक बलात्कारसम्बन्धी घटनासमेत रहेका छन् । यसैगरी १२ प्रतिशत (१७ जना) परिवारका सदस्य, नौ जना प्रेमी ठानिएको व्यक्ति, तीन घटना सेवाप्रदायक, तीन शिक्षक र ३१ जना अञ्जान व्यक्तिबाट बलात्कारका घट्ना भएको पाइएको ओरेकका वरिष्ठ कार्यक्रम संयोजक संजिता तिम्सिनाले जानकारी दिइन्।

ओरेकले यही असार ५ गतेसम्म ५७ जिल्लाबाट ७३० जना महिला तथा बालिकामाथि भएका विभिन्न प्रकारका हिंसाको घटना अभिलेखीकरण गरेको जनाएको छ ।

जसमध्ये ४२४ घरेलु हिंसा, १०९ बलात्कार, ७४ सामाजिक हिंसा, ३१ आत्महत्या, २७ यौन दुव्र्यवहार, २५ बलात्कारको प्रयास, १६ हत्या, ११ साइबर अपराध, चार हत्या वा आत्महत्या पुष्टि हुन बाँकी, चार हत्याको प्रयास, तीन मानव बेचविखन, दुई आत्महत्याको प्रयाससँग सम्बन्धित घटनाहरु रहेका छन् ।

रासस

प्रकाशित: Jun 26, 2020| 06:33 शुक्रबार, असार १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।