मंगलबार, भदौ ९, २०८३

अख्तियार विधेयकमा राप्रपाको आपत्ति

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले अख्तियार विधेयकमा आपत्ति जनाएको छ।
 |  बिहीबार, असार ११, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असार ११, २०७७

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले अख्तियार विधेयकमा आपत्ति जनाएको छ।

अख्तियारले निजी क्षेत्रमाथि कारवाही गर्न पाउने प्राबधानसहित प्रस्ताव गरिएको विधेयकमा राप्रपाले आपत्ति जनाएको हो।

कोरोना भाइरसको महामारीका कारण देशमा ठूलो संख्यामा बेरोजगारीको अवस्था सिर्जना भएको र देश ठूलो आर्थिक संकट तर्फ धकेलिएको अवस्थामा निजी क्षेत्रलाई निरुत्साहित गर्नेगरी सरकारले विधेयक तर्जुमा गरेको भन्दै राप्रपाले विज्ञप्तिमार्फत् आपत्ति प्रकट गरेको हो।

अध्यक्षत्रय पशुपति शमसेर जवरा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा देशको अर्थव्यवस्थामाथि आएको संकटको घडीमा निजी क्षेत्रमाथि त्रासको वातावरण खडा गर्ने सरकारी प्रयास विवेकहीन र गलत भएको तर्क गरिएको छ।

साथै विज्ञप्तिमा किसानहरुलाई समयमै मलको व्यवस्था गर्नसमेत माग गरिएको छ।

प्रकाशित: Jun 25, 2020| 18:43 बिहीबार, असार ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।