मंगलबार, भदौ ९, २०८३

नेपाल–चीनबीच सीमा विवाद नरहेको सरकारको भनाइ

सरकारले नेपाल–चीनबीच सीमा विवाद नरहेको बताएको छ।
 |  बिहीबार, असार ११, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असार ११, २०७७

काठमाडौं– सरकारले नेपाल–चीनबीच सीमा विवाद नरहेको बताएको छ।

बिहीबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै मिडियामा आएजस्तो दुई देशबीच सीमा विवाद नभएको जनाएको हो।

प्राकृतिक कारणले दुई देशबीचको सहमतिमै ३७ र ३८ नम्बरको सीमा स्तम्भ नराखिएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

५ अक्टोबर १९६१ मा नेपाल र चीनबीचको सीमा सम्झौताअनुसारकै सीमा कायम रहेको मन्त्रालयले जनाएको छ।

अस्तित्वमा नरहेको कृषि विकास मन्त्रालयको रिपोर्टमा आधारित सीमा विवादको समाचारमा सत्यता नभएको सरकारको भनाइ छ।

हालसम्म नेपाल–चीनबीच सीमा सम्बन्धी केही समस्या नभएको र भोलिका केही समस्या भए आपसी समझदारीमा समाधान गर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ।

प्रकाशित: Jun 25, 2020| 18:04 बिहीबार, असार ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।