मंगलबार, भदौ ९, २०८३

आत्महत्या गरेका युवकको कोरोना रिपोर्ट पोजेटिभ

 |  बिहीबार, असार ११, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असार ११, २०७७

काठमाडौं- दैलेखमा आत्महत्या गरेका एक युवकको कोरोना भाइरस (कोभिड १९) परीक्षण रिपोर्ट पोजेटिभ आएको छ।

दुल्लु नगरपालिका–१०, छुवाला घर भएका २१ वर्षीय युवकको कोरोना पोजेटिभ देखिएको हो।

असार ९ गते घरमा झुण्डिएको अवस्थामा भेटिएका युवकको शव परीक्षणका लागि दुल्लु अस्पताल लगिएको थियो।

अस्पतालका चिकित्सकले स्वाब परीक्षण गरेपछि मात्रै शव परीक्षण गर्ने बताएपछि उनको स्वाब परीक्षणका लागि सुर्खेत पठाइएको थियो।

सुर्खेतमा गरिएको परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको दुल्लु नगरपालिकाका मेयर घनश्याम भण्डारीले जानकारी दिए। भण्डारीले युवकको शव व्यवस्थापनका लागि नेपाली सेनासँग समन्वय भइरहेको बताए।

युवक जेठ ११ गते भारतबाट आएर पञ्चकोशी माध्यमिक विद्यालय गमौडीमा १४ दिन क्वारेन्टिनमा बसेर घर फर्किएका थिए।

प्रकाशित: Jun 25, 2020| 17:52 बिहीबार, असार ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।