मंगलबार, भदौ ९, २०८३

आत्महत्या गरेका युवाको रिपोर्ट कोरोना पोजेटिभ

आत्महत्या गरेका दैलेखका एक व्यक्तिमा कोरोना पोजेटिभ देखिएको छ।
 |  बिहीबार, असार ११, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असार ११, २०७७

आत्महत्या गरेका दैलेखका एक व्यक्तिमा कोरोना पोजेटिभ देखिएको छ।

असार ९ गते घरमै झुण्डिएर आत्महत्या गरेका दुल्लु नगरपालिका–१० छुवालाका २१ वर्षीय युवाको पीसीआर रिपोर्ट पोजेटिभ आएको नगर प्रमुख घनश्याम भण्डारीले जानकारी दिए ।

दुल्लु अस्पतालका चिकित्सकले स्वाब परीक्षण गरेपछि मात्रै पोष्टमार्टम गर्न मृतक युवाको स्वाब संकलन गरी परीक्षणका लागि सुर्खेत पठाइएको थियो। सुर्खेतको पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको पीसीआर परीक्षणले कोरोना संक्रमण पुष्टि गरेको भण्डारीले जनाए ।

उनी गत जेठ ११ गते भारतबाट गाउँ फर्किएका थिए। पञ्चकोशी माध्यमिक विद्यालय गमौडीमा क्वारेन्टिनमामा बसेका उनको आरडीटी रिपोर्ट नेगेटिभ आएपछि असार ७ गतेमात्रै घर पठाइएको थियो ।

प्रकाशित: Jun 25, 2020| 17:49 बिहीबार, असार ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।