मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • 'नयाँ लक्षण देखिएपछि कोरोना संक्रमितको उपचारमा चुनौती'

'नयाँ लक्षण देखिएपछि कोरोना संक्रमितको उपचारमा चुनौती'

नेपालका कोरोना संक्रमितमा नयाँ लक्षण देखिएकाले उपचारमा चुनौती भएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक सागरकुमार राजभण्डारीले बताएका छन् ।
 |  बिहीबार, असार ११, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असार ११, २०७७

नेपालका कोरोना संक्रमितमा नयाँ लक्षण देखिएकाले उपचारमा चुनौती भएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक सागरकुमार राजभण्डारीले बताएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बिहीबार भण्डारीले अस्पतालमा भर्ना हुनेमध्ये ३३ प्रतिशत संक्रमितलाई नयाँ किसिमका लक्षणहरु देखिएको बताए ।

विश्व स्वास्थ्य संगठनका अनुसार संक्रमित बिरामीहरुमा खोकी लाग्ने, निमोनिया हुने, ज्वरो आउने मुख्य लक्षणहरु हुन् । तर, नेपालका संक्रमितमा भने पेट दुख्ने, टाउको दुख्ने, जिउ दुख्ने, सुँघ्ने शक्तिमा ह्रास हुने, थकान हुनेजस्ता लक्षणहरु देखिएको उनले जानकारी दिए ।

संक्रमितहरुमा नयाँ लक्षणका साथै अन्य रोगहरु पनि भएको हुनाले उनीहरुलाई उपचार गर्दा चुनौती रहेको डा. राजभण्डारीले जानकारी दिए ।

बिरामीहरुलाई उनीहरुको लक्षणका आधारमा वर्गीकरण गरेर उपचार गरिएको उनले बताए। वर्गीकरण गर्दा सामान्य लक्षण भएका, मध्यम लक्षण भएका र गम्भीर बिरामीलाई छुट्याएर उपचार गरिएको राजभण्डारीले जानकारी दिए।

चार महिनायता कोरोनामा केन्द्रित टेकु अस्पतालले अस्पतालमा आउने कोरोना संक्रमित बाहेकका बिरामीलाई अन्य अस्पतालमा रेफर गर्ने गरेको छ।

अस्पतालमा अहिलेसम्म कोरोना संक्रमित तथा शंकास्पद ६०० बिरामीलाई भर्ना गरेर उपचार गरिएको राजभण्डारीले जानकारी दिए। हाल अस्पतालमा १३ जना कोरोना संक्रमित उपचाररत छन् ।

 

प्रकाशित: Jun 25, 2020| 17:11 बिहीबार, असार ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।