मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नारायणी र राप्ती नदी तटबन्धनका लागि ५० अर्ब रूपैयाँ माग

नारायणी र राप्ती नदी तटबन्धनका लागि ५० अर्ब रूपैयाँ माग

नारायणी नदी व्यवस्थापन आयोजनाले नारायणी र राप्ती नदी तटबन्धनका लागि ५० अर्ब रुपैयाँ माग गरेको छ।
 |  बिहीबार, असार ११, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असार ११, २०७७

चितवन– नारायणी नदी व्यवस्थापन आयोजनाले नारायणी र राप्ती नदी तटबन्धनका लागि ५० अर्ब रुपैयाँ माग गरेको छ।

आयोजनाले दुवै नदीको विस्तृत आयोजना प्रतिवेदन तयार गरी सिँचाइ विभागमा पेश गरेको छ।

आयोजनाका सिनियर डिभिजनल इञ्जिनीयर हरिबहादुर थापाका अनुसार नदीमा तटबन्धन र त्यसमाथि ग्राबेल बाटो हुने छ।

प्रतिवेदनअनुसार नारायणी नदीको नवलपरासीतर्फ ६३ किलोमिटर तटबन्धन गरिनेछ भने यसअघि तटबन्धन गरिएको १० किलोमिटर क्षेत्रलाई मर्मत सम्भार गरिने छ।

थापाका अनुसार नारायणी नदीको चितवनतर्फ ५० किलोमिटर तटबन्धन गरिनेछ। पहिले निर्माण भएको १३ किलोमिटर भागलाई मर्मत गरिने छ।

राप्तीमा चितवन र मकवानपुर क्षेत्रको १०५ किलोमिटर मध्ये स्वीस परियोजनाले पूर्वी चितवनमा गरेको तटबन्धनको बाहेकको भूभाग तटबन्ध गरिने जनाइएको छ।

नदीतर्फ ग्याबिन जालिबाट संरक्षण गरिनेछ। तटबन्धनमा ठूलो खर्च लाग्ने भएकाले दाता र ऋणको खोजी गरिँदैछ।

२०६६ सालदेखि ‘जनताको तटबन्धन’ नामक आयोजनामार्फत नारायणी नदीमा तटबन्धन थालिएको हो। हालसम्म नदी तटबन्धनमा एक अर्ब ७२ करोड रुपैयाँ खर्च भइसकेको आयोजनाले जनाएको छ।

रासस

प्रकाशित: Jun 25, 2020| 16:56 बिहीबार, असार ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।