मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोना संक्रमितको संख्या ११ हजार नाघ्यो, आज थपिए ४३४ संक्रमित

कोरोना संक्रमितको संख्या ११ हजार नाघ्यो, आज थपिए ४३४ संक्रमित

देशभर कोरोना भाइरस संक्रमितको संख्या ११ हजार नाघेको छ।
 |  बिहीबार, असार ११, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असार ११, २०७७

काठमाडौं- देशभर कोरोना भाइरस संक्रमितको संख्या ११ हजार नाघेको छ।

बिहीबार देशका विभिन्न जिल्लामा ४३४ संक्रमित थपिएपछि नेपालमा कुल संक्रमितको संख्या ११ हजार १६२ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेशवर गौतमले जानकारी दिए।

पछिल्लो २४ घण्टामा संक्रमण पुष्टि भएकामा ४८ जना महिला र ३८६ जना पुरुष छन्।

आज विभिन्न अस्पतालबाट कोरोनामुक्त भएर १९ महिला र २९३ पुरुष गरी ३१२ जना डिस्चार्ज भएका छन्।

योसहित अहिलेसम्म देशभर २१६ महिला तथा २ हजार ४३४ पुरुष गरी २ हजार ६५० जना डिस्चार्ज भएका छन्।

हालसम्म भएका संक्रमितमध्ये महिला १ हजार १४२ र पुरुष १० हजार २० जना रहेका छन्। मन्त्रालयका अनुसार रसुवा जिल्लाबाहेक सबै जिल्लामा कोरोना संक्रमित फेला परिसकेका छन्।

बिहीबार आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता गौतमले दिएको जानकारीअनुसार आज देशभरका विभिन्न आइसोलेसनमा ८ हजार ४८६ जना रहेका छन् भने क्वारेन्टिनमा बसिरहेकाको संख्या ७४ हजार २२ छ।

मन्त्रालयका अनुसार अहिलेसम्म नेपालमा काेराेना भाइरस संक्रमणबाट नेपालमा २६ जनाकाे मृत्यु भएकाे छ।

नेपालमा काेराेनाबाट मृत्यु भएका अधिका‌ंश व्यक्तिमा अन्य प्रकारका राेगहरु पनि रहेकाे पाइएकाे छ।

प्रकाशित: Jun 25, 2020| 16:25 बिहीबार, असार ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।