मंगलबार, भदौ ९, २०८३

चितवनका ५० वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु

कोरोना संक्रमित चितवनका ५० वर्षीय पुरुषको पाटन अस्पतालको आईसीयूमा उपचारका क्रममा मृत्यु भएको छ।
 |  बिहीबार, असार ११, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असार ११, २०७७

काठमाडौं-  कोरोना संक्रमित चितवनका ५० वर्षीय पुरुषको पाटन अस्पतालको आईसीयूमा उपचारका क्रममा मृत्यु भएको छ।
६ दिनअघि कोरोना पुष्टि भएर आईसीयूमा उपचार गराइरहेका पुरुषको बिहीबार मृत्यु भएको हो।

जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. खगेश्वर गेलालले कोरोना संक्रमित पुरुषको मृत्यु भएको जानकारी दिए।

गेलालका अनुसार संक्रमितले पाँच महिनाअघि मिर्गौला प्रत्यारोपण गरेका थिए। मिर्गौला प्रत्यारोपणपछि फलोअपका लागि भन्दै उनी ललितपुरको महालक्ष्मी नगरपालिका बस्दै आएका थिए।

यसअघि उनकाे भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमा उपचार गरिएकाे थियाे। त्यसपछि नर्भिक अस्पतालमा उपचार गरिएकाे थियाे।  नर्भिकमा रहेकै बेला कोरोना पोजेटिभ देखिएपछि पाटन अस्पताल रिफर गरिएको थियो।

प्रकाशित: Jun 25, 2020| 16:17 बिहीबार, असार ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।