मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रदेश–५ को राजधानी नपाए कर्णालीमा समाहित हुने नेपालगन्जकाे घोषणा

प्रदेश–५ को राजधानी नपाए कर्णालीमा समाहित हुने नेपालगन्जकाे घोषणा

बाँकेको नेपालगन्जकाे उपमहानगरपालिकाले प्रदेश–५ को राजधानी नेपालगञ्ज बनाउन पहल गर्ने भएको छ।
 |  बिहीबार, असार ११, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असार ११, २०७७

काठमाडौं– बाँकेको नेपालगन्ज उपमहानगरपालिकाले प्रदेश–५ को राजधानी नेपालगन्ज बनाउन पहल गर्ने भएको छ।

प्रदेश राजधानी नपाए बाँकेलाई कर्णाली प्रदेशमा समाहित गराउने निर्णय आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममै समावेश गरिएको छ।

बुधबार सार्वजनिक गरिएको कार्यक्रममा लेखिएको छ– ‘नेपालगन्जलाई ५ नम्बर प्रदेशको राजधानी बनाउन प्रयास गरिने छ, अन्यथा कर्णाली प्रदेशमा समाहित हुन आवश्यक पहल गरिनेछ।’

उपमहानरपालिकाका मेयर डा. धवल शमशेर राणाले बाँके, बर्दियाका नागरिकलाई बुटवल पायक नपरेको कारणले कर्णालीमा समाहित हुने घोषणा गरेको जानकारी दिए।

नेपाल समयसँग कुरा गर्दै राणाले भने, “कर्णालीका विभिन्न जिल्लासँग नेपालगन्जको समाजिक, साँस्कृतिक तथा व्यापारिक सम्बन्ध भएकोले पनि कर्णालीमा समाहित हुने यहाँका नागरिकको चाहाना हो।”

कर्णाली प्रदेश पनि यसमा सकारात्मक भएको राणाको भनाइ छ। राणाले भने, “कर्णाली प्रदेशका मुख्यमन्त्रीसँग पनि छलफल भइसकेको छ, उहाँहरु बाँके, बर्दियालाई स्वागत गर्न तयार हुनुहुन्छ।”

प्रदेश–५ को अस्थायी राजधानी बुटवल तोकिएको छ। प्रदेश सरकार गठन भएको साढे दुई वर्ष बितिसक्दा पनि नाम र राजधानी तोकिएको छैन। प्रदेश–५ मा दाङ र बुटवलबीच राजधानीको विषयमा चर्को विवाद छ।

प्रकाशित: Jun 25, 2020| 16:05 बिहीबार, असार ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।