मंगलबार, भदौ ९, २०८३

विप्लव समूहका सुनसरी इन्चार्ज पेस्तोलसहित पक्राउ

सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका सुनसरी इन्चार्ज रोशन राई पक्राउ परेका छन्।
 |  बिहीबार, असार ११, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असार ११, २०७७

काठमाडौं- सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका सुनसरी इन्चार्ज रोशन राई पक्राउ परेका छन्।

धनकुटाको सहिदभूमि गाउँपालिका–६ घर भई धरान–१५ बझगरामा बस्दै आएका २७ वर्षीय राईलाई प्रहरीले बधुबार राति पक्राउ गरेको हो।

राईको साथबाट अमेरिकन पेस्तोलसमेत बरामद गरिएको धरानका प्रहरीका नायब उपरीक्षक ज्ञानेन्द्र बस्नेतले जानकारी दिए।

राईले चढ्ने मोटरसाइकल बिहीबार बिहान धरान–१५ को रामहंस मार्गबाट बरामद गरेको र सोही मोटरसाइकलको डिक्कीमा पेस्तोल भेटिएको बस्नेतले बताए।

तीन वटा गोली लोड गरेको अवस्थामा पेस्तोल, म्यागजिन एक थान, दुई थान मोबाइल र ६ थान सिम बरामद भएको प्रहरीले जनाएको छ।
राईलाई सुनसरी जिल्ला अदालतबाट हातहतियार खरखजाना मुद्दामा म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

प्रकाशित: Jun 25, 2020| 16:03 बिहीबार, असार ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।