पोखरा- गण्डकी प्रदेशमा थप १४ जनामा कोरोना भाइरस संक्रमण भएको छ।
बिहीबार संक्रमित भएकामा तनहुँ म्याग्दे गाउँपालिकाका ७ जना पुरुष २ महिला तथा नवलपरासीपूर्र्वको विनय त्रिवेणी गाउँपालिकाका ४ पुरुष र १ महिला छन्।
योसहित गण्डकीमा कोरोना भाइरस संक्रमितको संख्या ७६७ पुगेको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माले जानकारी दिए।
संक्रमित सबैलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने काम भइरहेको उनले बताए।