मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आफ्नो वडामा कोरोना संक्रमितको शव गाडेको भन्दै प्रहरी चेकपोस्टमा आक्रमण

आफ्नो वडामा कोरोना संक्रमितको शव गाडेको भन्दै प्रहरी चेकपोस्टमा आक्रमण

कोरोना संक्रमणबाट मृत्यु भएका स्याङ्जाका ५५ वर्षीय पुरुषको शव आफ्नो वडामा व्यवस्थापन गरेको भन्दै पोखरा महानगरपालिका–३२ का स्थानीयले प्रहरी चेकपोस्टमा आक्रमण गरेका छन्।
 |  बिहीबार, असार ११, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असार ११, २०७७

काठमाडौं- कोरोना संक्रमणबाट मृत्यु भएका स्याङ्जाका ५५ वर्षीय पुरुषको शव आफ्नो वडामा व्यवस्थापन गरेको भन्दै पोखरा महानगरपालिका–३२ का स्थानीयले प्रहरी चेकपोस्टमा आक्रमण गरेका छन्।

स्थानीय मजुवास्थित सातपत्रे घाटमा शव गाडिएको विरोधमा स्थानीयले कास्की र तनहुँको सीमामा राखिएको अस्थायी प्रहरी चेक पोस्टमा बिहीबार आक्रमण गरेका हुन्।

जिल्ला प्रहरी प्रमुख एसपी जीवन श्रेष्ठले घाटमा शव व्यवस्थापन गर्ने कार्यमा अवरोध गर्नेहरुले चेकपोस्टमा ढुंगामुढा गरेको बताए।

‘शव व्यवस्थापनमा अवरोध गर्नेहरुलाई प्रहरीले लखेटेपछि उनीहरुले चेकपोष्टमा ढुंगामुडा गरे’, श्रेष्ठले भने, ‘स्थिती तनावग्रस्त भएपछि आठ राउड हवाई फायरसमेत गर्नुपर्यो।

ढुंगामुढा प्रहारबाट दुई प्रहरी घाइते भएको र सशस्त्र प्रहरीका गाडीको शिशा फुटेको श्रेष्ठले जानकारी दिए। सामान्य चोटपटक धेरैलाई लागेको उनले बताए। साथै ढुंगामुडा गर्ने ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

ढुंगामुडा प्रहारबाट केही स्थानीयको मोटरसाइकलहरुमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ।

यसअघि पनि स्थानीयले शव वाहनमा शव बोकेर गएका सेना र प्रहरीको टोलीलाई अवरोध पुर्याएका थिए। टायर बालेर बाटो छेकेपछि प्रहरीले हटाउन खोज्दा झडप भएको थियो।

नेपाल प्रहरी र सशस्त्रको टोलीले अवरोध हटाएर सेनाले शव व्यवस्थापन गरेको श्रेष्ठले जानकारी दिए।

श्रेष्ठका अनुसार कोरोना संक्रमितको शव व्यवस्थापनका लागि महानगरपालिकाले नै स्थान तोकेको हो।

संक्रमित पुरुषको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आईसीयूमा उपचारका क्रममा बुधबार राति मृत्यु भएको थियो।

यसअघि पनि कोरोना संक्रमणबाटै मृत्यु भएका स्याङ्जाका एक पुरुषको शव व्यवस्थापन गर्ने क्रममा पोखरा–११ फूलबारी र पोखरा–२० भलामका जनप्रतिनिधि र स्थानीयले अवरोध पुर्याएका थिए।

प्रकाशित: Jun 25, 2020| 15:25 बिहीबार, असार ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।