मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • लागूऔषध कारोबारमा संलग्न भएको आशंकामा प्रहरी निरीक्षक पक्राउ

लागूऔषध कारोबारमा संलग्न भएको आशंकामा प्रहरी निरीक्षक पक्राउ

नेपाल प्रहरीको लागूऔषध नियन्त्रण व्यूरोले प्रहरीका एक अधिकृतलाई लागूऔषध कारोबारमा संलग्न भएको आशंकामा पक्राउ गरेको छ।
 |  बिहीबार, असार ११, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असार ११, २०७७

काठमाडौं- नेपाल प्रहरीको लागूऔषध नियन्त्रण व्यूरोले प्रहरीका एक अधिकृतलाई लागूऔषध कारोबारमा संलग्न भएको आशंकामा पक्राउ गरेको छ।

पक्राउ पर्नेमा प्रहरी निरीक्षक रुद्र शाही छन्। ललितपुर प्रहरी परिसर जावलाखेलमा कार्यरत शाहीलाई ब्युरोले बिहीबार नियन्त्रणमा लिएको हो।

ब्यूरोका प्रवक्ता एसपी प्रविन धितालले प्रहरी निरीक्षक शाही पक्राउ परेको पुष्टि गरे।

‘बुधबार पेप्सीकाेलामा चलाइएको अपरेशनमा पक्राउ परेका व्यक्तिमाथि अनुसन्धान गर्दा शाही तानिएका हुन्’, धितालले भने, ‘लागूऔषध कारोबारमा उनको संलग्नताबारे अनुसन्धान भैरहेको छ।’

प्रहरीले बुधबार चलाएको अपरेसनमा पाँच जनासहित ६ सय बोतलभन्दा बढी औषधिजन्य लागूऔषध ‘कोरेक्स’ बरामद गरेको थियो।

धितालले पक्राउ परेका सबैको कारोबारमा संलग्नता भएनभएको बारे पनि अनुसन्धान भैरहेको बताए। सम्भवत बिहीबार नै मुद्दा चलाइने धितालले जानकारी दिए।

प्रकाशित: Jun 25, 2020| 14:21 बिहीबार, असार ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।