मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • स्थानीयको अवरोधका बीच कोरोना संक्रमितको शव व्यवस्थापन

स्थानीयको अवरोधका बीच कोरोना संक्रमितको शव व्यवस्थापन

कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएका एक व्यक्तिको शव व्यवस्थापनमा पोखराका स्थानीयले अवरोध गरेका छन्। अवरोधकै बीच नेपाली सेनाले शव व्यवस्थापन गरेको छ।
 |  बिहीबार, असार ११, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असार ११, २०७७

कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएका एक व्यक्तिको शव व्यवस्थापनमा पोखराका स्थानीयले अवरोध गरेका छन्। अवरोधकै बीच नेपाली सेनाले शव व्यवस्थापन गरेको छ।

गए राति पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा स्याङ्जाको आँधीखोला गाउँपालिका १ सिरुबारीका ५५ वर्षीय पुरुषको मृत्यु भएको थियो। उनको शव पोखरा महानगरपालिका वडा नम्बर ३२ स्थित सेती नदी किनारमा अन्त्येष्टि गर्ने निर्णय महानगरले गरेको थियो।

तर, स्थानीयले सो स्थानमा शव व्यवस्थापन गर्न नहुने भन्दै टायर बालेर बाटो अवरुद्ध गर्ने प्रयास गरेका थिए। प्रहरीले बाटो खाली गर्ने क्रममा बलसमेत प्रयोग गर्नुपरेको थियो।

प्रकाशित: Jun 25, 2020| 13:58 बिहीबार, असार ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।