मंगलबार, भदौ ९, २०८३

वीरगञ्ज महानगरले ल्यायो ३ अर्ब ८६ करोडको बजेट

वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७७–७८ का लागि ३ अर्ब ८६ करोड ५१ लाख ९० हजार ३ सय ३५ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ।
 |  बिहीबार, असार ११, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असार ११, २०७७

वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७७–७८ का लागि ३ अर्ब ८६ करोड ५१ लाख ९० हजार ३ सय ३५ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ।

चालुतर्फ १ अर्ब ६२ करोड ६९ लाख १८ हजार, पुँजीगततर्फ २ अर्ब १७ करोड ४६ लाख ७२ हजार र वित्तीय व्यवस्थातर्फ ६ करोड ३६ लाख रुपैयाँ बजेट विनियोजन गरिएको हो।

बजेटको कुल खर्चमध्ये आर्थिक विकास क्षेत्रमा २५ करोड ९५ लाख २५ हजार र सामाजिक विकासमा ८७ करोड ७७ लाख ३६ हजार खर्च हुने अनुमान गरिएको छ।

यस्तै, पूर्वाधार विकास क्षेत्रमा १ अर्ब ७७ करोड ६ लाख १२ हजार, सुशासन तथा अन्तर सम्बन्ध क्षेत्र (वन, वातावरण तथा विपद समेत)तर्फ २३ करोड ७५ लाख १६ हजार र कार्यालय सञ्चालनतर्फ ७१ करोड ९८ लाख १ हजार खर्च हुने अनुमान गरिएको छ।

आगामी आर्थिक वर्षको अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये संघीय सरकारको वित्तीय समानीकरणबाट ४२ करोड ८८ लाख, राजस्व बाँडफाँडबाट २१ करोड १२ लाख, सशर्त अनुदानबाट ७५ करोड १६ लाख प्राप्त हुने अनुमान गरिएको छ।

यस्तै, प्रदेश सरकारबाट वित्तीय समानीकरणबाट १ करोड १६ लाख २० हजार, सशर्त अनुदानतर्फ ३ करोड ,राजश्व बाँडफाँडतर्फ सवारी साधन ३ करोड १४ लाख ४ हजार, घर जग्गा रजिष्ट्रेसनतर्फ १५ करोड, नगर विकास अनुदानतर्फ १ अर्ब ३ करोड ५६ लाख ५१ हजार रुपैयाँ रहेको छ ।

नगर विकास ऋणतर्फ ९१ लाख ६ हजार, सडक बोर्डतर्फ १ करोड, युनिसेफबाट ४५ लाख प्राप्त हुने अनुमान गरिएको छ । नगद मौजदाततर्फ ३० करोड १८ लाख १८ हजार र आन्तरिक आयतर्फ ५९ करोड ७५ लाख अनुमानका आधारमा बजेट निर्माण गरिएको हो।

प्रकाशित: Jun 25, 2020| 11:29 बिहीबार, असार ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।