मंगलबार, भदौ ९, २०८३

सप्तरीमा एकाबिहानै चट्याङ लागेर चार जनाको मृत्यु

सप्तरीकाे महदेवा गाउँपालिकामा २ जना, राजगढ गाउँपालिकामा १ जना र डाक्नेश्वरी नगरपालिकामा १ जनाको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
 |  बिहीबार, असार ११, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असार ११, २०७७

राजबिराज- सप्तरीमा चट्याङ लागेर चार जनाको मृत्यु भएको छ ।

महदेवा गाउँपालिकामा २ जना, राजगढ गाउँपालिकामा १ जना र डाक्नेश्वरी नगरपालिकामा १ जनाको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

मृत्यु हुनेहरुमा महदेवा गाउँपालिका वडा नम्बर २ का २७ वर्षीय बेचन यादव र ६० वर्षीय छेदी ठाकुर, डाक्नेश्वरी नगरपालिका ९ लक्षनपट्टीकी ३० वर्षीया ललितादेबी यादव र राजगढ गाउँपालिका वडा नम्बर २ बेल्ही चपेनाका ४६ वर्षीय केसी साह रहेको सप्तरी प्रहरीका प्रवक्ता तिलक भारतीले जानकारी दिए ।

बेल्ही चपेनाकै १८ वर्षीया आशा मण्डल चट्याङ लागेर घाइते भएकी छन् । उनको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा उपचार भइराखेको छ ।

प्रकाशित: Jun 25, 2020| 10:36 बिहीबार, असार ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।