मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोना संक्रमितको संख्या १ करोड नजिक, अक्सिजनको अभाव हुने डब्लुएचओको चेतावनी

कोरोना संक्रमितको संख्या १ करोड नजिक, अक्सिजनको अभाव हुने डब्लुएचओको चेतावनी

करिब एक नजिक संक्रमितको संख्या पुगेसँगै विश्वभर अक्सिजनको अभाव हुनसक्ने विश्व स्वास्थ्य संगठनले चेतावनी दिएको छ ।
 |  बिहीबार, असार ११, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असार ११, २०७७

काठमाडौं- विश्वभर कोरोना संक्रमितको संख्या ९४ लाख नाघेको छ । करिब १ करोड नजिक संक्रमितको संख्या पुगेसँगै विश्वभर अक्सिजनको अभाव हुनसक्ने विश्व स्वास्थ्य संगठनले चेतावनी दिएको छ ।

कोरोना संक्रमितको संख्या १ करोड पुग्न लागेसँगै विश्वभर अक्सिजनको अभाव हुन सक्ने चेतावनी दिएका छन् ।

संगठनका प्रमुख टेड्रोस एडहानोम गेबेरियसले अहिलेकै गतिमा संक्रमण फैलिए विश्वभर अक्सिजन कंस्नट्रेटर (अक्सिजन दिने मेशिन)को समेत अभाव हुनसक्ने चेतावनी दिएका हुन् ।

बुधबार उनले भनेका छन्- 'अहिले पनि कयौं देशले अक्सिजनको अभाव झेलिरहेको छन् तर अबको केहि समयपछि विश्वभर नै अक्सिजनको अभाव हुनसक्छ ।'

विश्वमा प्रत्येक दिन ढेड लाख बढि संक्रमित थपिने गरेका छन् भने हरेक हप्ता करिब १० लाख संक्रमित फेला पर्ने गरेका छन् । यो जटिल परिस्थितीलाई ध्यानमा राखेर अक्सिजन उत्पाद गर्ने मेसिन बनाउनतर्फ ध्यान दिन उनले आग्रह पनि गरेका छन्।

विश्वमा प्रत्येक दिन ८८ हजार बढी अक्सिजन सिलिण्डर र ६.२० लाख क्युबिक मिटर अक्सिजन जरुरी छ । तर सो माग पूर्ति हुन सकेको छैन् ।

संक्रमणका मामलाको वुद्धिसँगै अक्सिजन दिने मेशिनको कमी हुन गएको छ जुन कोरोना संक्रमित व्यक्तिका लागि श्वास लिन जरुरी पर्छ ।

अहिलेसम्म विश्वभर कोरोनाबाट ९४ लाख ५ हजार ६ सय बढि ब्यक्ति संक्रमित भएका छन् भने ४ लाख ८२ हजार १ सय २८ जनाको मृत्यु भएको छ ।

 

प्रकाशित: Jun 25, 2020| 08:40 बिहीबार, असार ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।