मंगलबार, भदौ ९, २०८३

थप सक्रिय भयो मनसुन, तीन दिन लगातार वर्षा हुन सक्ने

अहिले देशका अधिकांश भूभागमा बदली रहेको छ । प्रदेश १, २, ५, सुदुर पश्चिम प्रदेश तथा कर्णालि प्रदेशका केहि स्थानहरुमा वर्षा भईरहेको मौसमविद्हरुले बताएका छन् ।
 |  बिहीबार, असार ११, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असार ११, २०७७

काठमाडौं- मनसुन थप सक्रिय भएसँगै आज (बिहीबार) देशका विभिन्न स्थानमा भारी वर्षा हुने भएको छ ।

यो क्रम आगामी तीन दिनसम्म जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मनसुनी वायुको प्रभाव र मनसुन न्युन चापीय रेखा नेपाल नजिक रहेकाले मनसुन थप सक्रिय भएसँगै भारी वर्षा हुन लागेको हो ।

अहिले देशका अधिकांश भूभागमा बदली रहेको छ । प्रदेश १, २, ५, सुदुर पश्चिम प्रदेश तथा कर्णालि प्रदेशका केहि स्थानहरुमा वर्षा भईरहेको मौसमविद्हरुले बताएका छन् ।

आज देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुनुका साथै प्रदेश १, २, ५, बागमती प्रदेश तथा गण्डकी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको संभावना रहेको मौसमविद्हरुले बताएका छन् । यो क्रम अबको तीन दिनसम्म जारी रहने छ ।

भारी वर्षा हुने क्षेत्रहरुका नदीमा पानीको बहाव बढ्ने, भू–क्षय हुने, पहिरो जाने, डुवान हुने र सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले सतर्क रहन महशाखाले अपिल गरेको छ । बाढी, पहिरो र डुवानको जोखिम उच्च भएका कारण यातायात सञ्चालनमा कठिनाइ हुनसक्ने महाशाखाले जनाएको छ ।

यस्ताे हुनेछ आगामी तीन दिनकाे माैसम

असार ११ गते (बिहीबार)

दिउँसोः देशभर बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको संभावना रहेको छ। प्रदेश १, २, ५, बागमती प्रदेश, गण्डकी प्रदेश तथा कर्णाली प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको संभावना रहेको छ।

राति: देशभर सामान्य बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनुका साथै प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको संभावना रहेको छ।

असार १२ गते (शुक्रबार)

दिउँसोः देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ।

राति: देशको सबै प्रदेशहरुमा पूर्ण बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको संभावना रहेको छ। प्रदेश १ र प्रदेश २ तथा कर्णाली प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको संभावना रहेको छ।

असार १३ गते (शनिबार)

दिउँसोः देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ।

राति: देशको सबै प्रदेशहरुमा पूर्ण बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको संभावना रहेको छ। प्रदेश १ र प्रदेश २ का थोरै स्थानहरुमा भारी वर्षाको संभावना रहेको छ।

प्रकाशित: Jun 25, 2020| 08:10 बिहीबार, असार ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।