मंगलबार, साउन १२, २०८३

कोरोनाको कहरबीच बिचमा रमाउँदै बेलायती

कोरोनाको त्रासकै बीच बुधबार गर्मी छल्न ठूलो संख्यामा बेलायती नागरिक समुद्री तट (बिच)मा भेला भएका छन्।
 |  बिहीबार, असार ११, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असार ११, २०७७

कोरोनाको त्रासकै बीच बुधबार गर्मी छल्न ठूलो संख्यामा बेलायती नागरिक समुद्री तट (बिच)मा भेला भएका छन्।

बुधबार बेलायतमा यो वर्षकै सबैभन्दा धेरै गर्मी भएपछि हजारौंको संख्यामा बेलायतबासी चिसो खोज्दै दक्षिणी समुद्री तटमा पुगेका हुन्।

बुधबार त्यहाँ २८ डिग्री सेल्सियस तापक्रम पुगेको बीबीसीले जनाएको छ। कोरोनाको संक्रमण नरोकिए पनि गत महिनाबाट बेलायतमा लकडाउनमा छुट दिइएको छ। एक ठाउँबाट अर्को ठाउँमा जाने अनुमति पनि दिइएको छ।

बुधबार बेलायतमा कोरोनाका कारण १५४ जनाको मृत्यु भएको थियो। त्यहाँ कोरोनाबाट मृत्यु हुनेको संख्या ४३ हजार नाघेको छ।

विश्व स्वास्थ्य संगठनले भिडभाड हुने ठाउँ तत्काल नखोल्न आग्रह गरे पनि बेलायतले गिर्दो अर्थ व्यवस्थाको कारण देखाउँदै लकडाउन खुकुलो बनाइरहेको छ।

प्रकाशित: Jun 25, 2020| 07:44 बिहीबार, असार ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।