मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सुदूरपश्चिममा १,५३२ जना कोरोना संक्रमित, पाँचको मृत्यु

सुदूरपश्चिममा १,५३२ जना कोरोना संक्रमित, पाँचको मृत्यु

सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ हजार ५३२ पुगेको छ। हिजो बुधबार एकै दिन २७२ जनामा थप संक्रमण पुष्टि भएको छ।
 |  बिहीबार, असार ११, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असार ११, २०७७

सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ हजार ५३२ पुगेको छ। हिजो बुधबार एकै दिन २७२ जनामा थप संक्रमण पुष्टि भएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा २०२, वीर अस्पतालमा गरिएको परीक्षणमा १३ र सेती प्रादेशिक अस्पतालमा ५७ गरी हिजो २७२ जनामा कोरोना संक्रमण देखिएको हो।

हालसम्म उक्त प्रदेशमा १७६ जना संक्रमित डिस्चार्ज भइसकेका छन्। सुदूरपश्चिममा कोरोना संक्रमणका कारण ५ जनाको ज्यान गइसकेको छ।

संक्रमितमध्ये कैलालीका ५१४, कञ्चनपुरका २०२, अछामका ९२, डडेल्धुराका २०६, दार्चुलाका १३ जना छन्। बझाङका ४०, बैतडीका १७६, डोटीका १९० र बाजुराका ९९ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ।

प्रदेशभर २५ हजार ५२६ जना क्वारेन्टिनमा छन् ।

प्रकाशित: Jun 25, 2020| 07:32 बिहीबार, असार ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।