मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • चिनियाँ अतिक्रमणमा परेका भूमि फिर्ता ल्याउन कांग्रेसको संकल्प प्रस्ताव

चिनियाँ अतिक्रमणमा परेका भूमि फिर्ता ल्याउन कांग्रेसको संकल्प प्रस्ताव

नेपाली कांग्रेसका सांसदहरुले चीनको अतिक्रमणमा परेको नेपाली भूमि कूटनीतिक माध्यमबाट वार्ता गरी फिर्ता ल्याउन नेपाल सरकारलाई निर्देशन दिन बुधबार प्रतिनिधिसभामा संकल्प प्रस्ताव दर्ता गराएका छन्।
 |  बुधबार, असार १०, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार १०, २०७७

काठमाडौं- नेपाली कांग्रेसका सांसदहरुले चीनको अतिक्रमणमा परेको नेपाली भूमि कूटनीतिक माध्यमबाट वार्ता गरी फिर्ता ल्याउन नेपाल सरकारलाई निर्देशन दिन बुधबार प्रतिनिधिसभामा संकल्प प्रस्ताव दर्ता गराएका छन्।

सांसदहरु देवेन्द्रराज कँडेल, सत्यनारायण शर्मा खनाल र सञ्जयकुमार गौतमले प्रस्ताव दर्ता गराएका हुन्।

प्रस्तावमा उल्लेख छ, 'वास्तविक अतिक्रमणमा परेका भूभाग र गाउँसमेतको अवस्थाका सम्बन्धमा सत्यतथ्य सदनलाई जानकारी गराउन नेपाल सरकारलाई निर्देशन दिन यो संकल्प प्रस्ताव पेस गरेका छौं।' 

प्रस्तावमा नेपाली सिमानमा रहेका ९८ वटा सीमास्तम्भमध्ये केही स्तम्भ हराएको उल्लेख छ। सांसदहरुले दोलखा, हुम्ला, सिन्धुपाल्चोक, संखुवासभा, गोरखा र रसुवाका ६४ हेक्टरभन्दा बढी भूमि चिनियाँ अतिक्रमणमा परेको दाबी गरेका छन्।

गोरखाको सिमानामा पर्ने ३५, ३७ र ३८ सीमास्तम्भ र सोलुखुम्बुका नम्पा भन्ज्याङमा पर्ने ६२ नम्बर सीमा स्तम्भ हराएको प्रस्तावमा उल्लेख छ।

गोरखाको ३५ नम्बरको सीमा स्तम्भलाई चीनले नेपालभित्र सारेकोले उत्तरी गोरखाको रुई गाउँ चीनको अतिक्रमणमा पर्दा ७२ घरधुरी तिब्बतमा पर्न गएको र दार्चुलाको जिउजिउ भन्ने ठाउँका १८ घर पनि चिनियाँ अतिक्रमणमा परेको प्रस्तावमा उल्लेख छ।

 

प्रकाशित: Jun 24, 2020| 22:10 बुधबार, असार १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।