काठमाडौं– रुकुम चौरजहारी हत्या काण्डका प्रतिवादीमध्ये वडाध्यक्षसहित २३ जनालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ।
जिल्ला अदालत रुकुमले बुधबार चौरजहारी नगरपालिका वडा नं ८ का वडाध्यक्ष डम्मरबहादुर मल्ल, केटीका बाबुसहित २३ जनालाई थुनामा राख्ने आदेश दिएको हो।
अदालतले ५४ रुकुम पश्चिम ३६ (२) (परिवर्तित नाम) लाई भने एक लाख धरौटीमा छोड्न आदेश दिएको छ।
त्यस्तै इन्द्रबहादुर मल्ल, तुलबहादुर मल्ल र दिपेन्द्र चन्दलाई भने साधारण ताखेरमा छोड्न आदेश दिएको छ।
अदालतले यसअघि १७ वर्षीया किशोरी र उनका भाइलाई नाबालक भएको हुँदा सुधार गृहमा पठाउन आदेश दिएको थियो।
१० जेठमा ६ जनाको ज्यान जानेगरी भएको घटनामा ३४ जना विरुद्ध ज्यान मार्ने उद्योग, कतव्र्य ज्यान र छुवाछुत विरुद्धको कसुरमा अदालतमा मुद्दा दायर भएको थियो। ३४ मध्ये ५ जना अझै फरार छन्।