मंगलबार, भदौ ९, २०८३

प्रदेश १ मा १३ कोरोना संक्रमित थपिए

प्रदेश १ मा बुधबार १३ जना संक्रमित थपिएका छन्। योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४ सय ९६ पुगेको छ।
 |  बुधबार, असार १०, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार १०, २०७७

विराटनगर– प्रदेश १ मा बुधबार १३ जना संक्रमित थपिएका छन्। योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४ सय ९६ पुगेको छ।

झापामा ११, मोरङ र सुनसरीमा १–१ जनामा संक्रमित भएका छन्। सामाजिक विकास मन्त्रालयका अनुसार झापाको मेचीनगरमा १०, शिवसताक्षीमा १, मोरङको कटहरीमा १ र सुनसरीको हरिनगरमा १ जनामा संक्रमण देखिएको छ।

प्रदेश १ बाट २ सय ८७ जना डिस्चार्ज भएका छन्। बुधबार २ जना डिस्चार्ज भएका छन्। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत २ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा बुधबारसम्म २० हजार ५ सय २ जनाको स्वाब संकलन गरिएको छ। स्वाब संकलन गरिएकामध्ये १८ हजार ६ सय १८ जनाको रिपोर्ट नेगेटिभ आएको छ। १ हजार ३ सय ८८ जनाको रिपोर्ट आउन बाँकी रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

 

 

 

 

 

प्रकाशित: Jun 24, 2020| 19:42 बुधबार, असार १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।