सिन्धुपाल्चाेक- चौतारा साँगाचोकगढी नगरपालिकाले आगामी आर्थिक वर्षका लागि १ अर्ब ५ करोड २३ लाख ८९ हजारको बजेट प्रस्तुत गरेको छ।
नगरले बुधबार आयोजना गरेको ८औं नगरसभामा उक्त बजेट प्रस्तुत गरेको हो। बजेटमा स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा दिइएको छ। २ करोड ६० लाख स्वास्थ्य क्षेत्रमा विनियोजन गरिएको छ।
कृषि क्षेत्रमा २ करोड ५० लाख, नगर गौरवको योेजनामा २ करोड, शिक्षामा १ करोड ८० लाख, लक्षित वर्गका लागि १ करोड ५० लाख, पशु विकासका लागि १ करोड, रोजगारमा १ करोड विनियोजन गरिएको छ।
त्यस्तै प्रत्येक वडाका लागि ७५ लाखको दरले बजेट विनियोजन गरिएको छ। खानेपानी, युवा तथा खेलकुद, पर्यटन, लघु उद्यम, सडक, सहकारी, न्यायिक समितिमासमेत उल्लेख्य बजेट विनियोजन गरिएको छ।