काठमाडौं- गण्डकी प्रदेशका विभिन्न जिल्लामा थप १३ जनाका कोरोना संक्रमण पुष्टि भएको छ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले बुधबार साँझ सार्वजनिक गरेको विवरणअनुसार स्याङ्जाका ७, कास्कीका ४ र गोखाका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
१३ जना संक्रमितमध्ये १ जना महिला र बाँकी पुरुष छन्।
गोरखामा भेटिएका संक्रमित ७७ वर्ष र १५ वर्षका पुरुष छन्।
गण्डकी प्रदेशमा अहिलेसम्म कोरोना संक्रमण पुष्टि हुने व्यक्तिको संख्या ७४२ पुगेको छ।