मंगलबार, भदौ ९, २०८३

काठमाडौं महानगरमा कर र जरिवाना पूरै छुट

काठमाडौं महानगरपालिकाले कोभिड–१९ को प्रभावका कारण करदाताबाट असुल हुन बाँकी आर्थिक वर्ष २०७६/०७७ को सबै प्रकारका कर बक्यौतामा लाग्ने जरिवानामा पूरै छुट दिएको छ।
 |  बुधबार, असार १०, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार १०, २०७७

काठमाडौं- काठमाडौं महानगरपालिकाले कोभिड–१९ को प्रभावका कारण करदाताबाट असुल हुन बाँकी आर्थिक वर्ष २०७६/०७७ को सबै प्रकारका कर बक्यौतामा लाग्ने जरिवानामा पूरै छुट दिएको छ।

महानगरपालिकाकी उप्रपमुख हरिप्रभा खड्की श्रेष्ठले बुधबार बजेट भाषण प्रस्तुत गर्दै यस्ता घोषणा गरेकी हुन्।

कोभिड–१९ का कारण महानगरबासीमा परेको प्रभावलाई दृष्टिगत गरी आगामी पुस मसान्तभित्र सम्पत्ति कर दाखिला गरेमा यस आर्थिक वर्षमा लाग्ने सम्पत्ति करमा १० प्रतिशत छुट दिइने भएको छ। तर घर जग्गा कर वा सम्पत्ति करको बक्यौताको हकमा त्यस्तो छुट नदिइने उपप्रमुख खडगीले जानकारी दिइन्।

पार्किङ प्रयोजनका लागि व्यावसायिक रुपमा निर्माण गरिने भवनको ५ वर्षसम्म सम्पत्ति कर छुट दिने पनि महानगरपालिकाको बजेटमा उल्लेख छ।
महानगरले नदी नियन्त्रण तथा कोरिडोर निर्माण, सहरी यातायात व्यवस्थापनजस्ता कार्यक्रमलाई बजेटमा प्राथमिकतामा राखेको छ।

समृद्धिका लागि सहकारी अभियान, एकीकृत सीप बिकास कार्यक्रम, मेड इन काठमाडौँ, जीवन निर्वाहका लागि पारिश्रमिक कार्यक्रम, हप अन हप अफ बस संचालन, प्रििधमैत्री सिटी लाइब्रेरी, महानगर महिला सहजीकरण केन्द्र स्थापना तथा सञ्चालन, युवासँग मेयर कार्यक्रम र वडा–वडामा मेलमिलाप शिविर सञ्चालन जस्ता कार्यक्रमका लागि पनि महानगरपालिकाले बजेट विनियोजन गरेको छ।

प्रकाशित: Jun 24, 2020| 19:10 बुधबार, असार १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।