मंगलबार, भदौ ९, २०८३

आजदेखि दैलेखमा पनि पीसीआर विधिबाट कोरोना परीक्षण

आजदेखि दैलेखबाट कोरोना भाइरसको परीक्षण सुरु भएको छ।
 |  बुधबार, असार १०, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार १०, २०७७

सुर्खेत- आजदेखि दैलेखबाट पनि कोरोना भाइरसको परीक्षण सुरु भएको छ।

दैनिक १ सयभन्दा बढीको कोरोना परीक्षण गर्नेगरी पशु सेवा कार्यालय दैलेखको प्रयोगशालामा आरटी पीसीआर मेसिन जडान गरिएको हो।

पीसीआर मेशिनको संघीय सरकारका स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री नवराज रावतले एक कार्यक्रमकाबीच औपचारिक उद्घाटन गरेका छन्।

दिन प्रतिदिन कोरोना संक्रमित बढ्दै गएपछि दैलेखमा पीसीआर मेसिन भित्र्याइएको हो।

नारायण नगरपालिका तथा जिल्ला जन स्वास्थ्य कार्यालयको समन्वयमा प्रतिनिधिसभा सदस्य रविन्द्रराज शर्माले निर्वाचन क्षेत्र पुर्वाधार विकास कोषको एक करोड ६ लाख रकम कटौती गरी पीसीआर मेशिन र प्रयोगशालाका आवश्यक सामग्री जिल्ला भित्र्याएका थिए।

दैलेखमा हालसम्म ७६३ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।

प्रकाशित: Jun 24, 2020| 18:59 बुधबार, असार १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।