मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विद्युत प्राधिकरणका ८ कर्मचारी मिलेर ३४ लाख बढी राजस्व हिनामिना

विद्युत प्राधिकरणका ८ कर्मचारी मिलेर ३४ लाख बढी राजस्व हिनामिना

नेपाल विद्युत प्राधिकरणको बर्दिबास उप–वितरण केन्द्रमा कार्यालय प्रमुखसहित आठ कर्मचारीले विद्युत महशुल बापतको करिब साढे ३४ लाख रकम हिनामिना गरेको खुलेको छ।
 |  बुधबार, असार १०, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार १०, २०७७

काठमाडौं- नेपाल विद्युत प्राधिकरणको बर्दिबास उप–वितरण केन्द्रमा कार्यालय प्रमुखसहित आठ कर्मचारीले विद्युत महशुल बापतको करिब साढे ३४ लाख रकम हिनामिना गरेको खुलेको छ।

वितरण केन्द्रका तत्कालीन प्रमुख सञ्जीव शर्मासहित आठ कर्मचारीले विद्युत महशुल बापतको ३४ लाख ४४ हजार ४८६ रुपैयाँ हिनामिना गरेको खुलेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा प्राधिकरणले गठन गरेको छानविन समितिको अनुसन्धानका क्रममा नियम विपरीत बिक्री संशोधन र क्रेडिट बिल दोहोरो पोस्टिङ गरी उनीहरुले राजस्व अपचलन गरेको खुलेको छ।

शर्माले २० लाख ३३ हजार २७२ रुपैयाँ हिनामिना गरेको अनुसन्धानबाट खुलेको अख्तियारका प्रवक्ता प्रदीप कुमार कोइलाले जानकारी दिए।

शर्माले कर्मचारीहरूको पासवर्ड आफैँले राखी रातको समयमा गोप्य रुपमा काम गर्ने गरेको खुलेको छ।

यस्तै ज्यालादारी कर्मचारीहरु अरविन्द प्रसाद जयसवालले चार लाख ७५ हजार ४६६, बागेश्वरी कुमारी कर्णले ५३ हजार ८२१, चन्द्रभुषण महतोले चार लाख ६ हजार १३९ रुपैयाँ राजस्व अपचलन गरेको खुलेको अख्तियारले जनाएको छ।

यस्तै लेजर पोस्टिङ गर्ने ज्यालादारी कर्मचारीहरु धर्मेन्द्र कुमार महतोले ६६ हजार ८३७ रुपैयाँ, अजितमान सिंहले २२ हजार ८१३ रुपैयाँ, स्मिता कट्टेलले सात लाख ७४ हजार १०४ रुपैयाँ र अन्जु कुमारी बस्नेतले १२ हजार १४ रुपैयाँ हिनामिना गरेको खुलेको अख्तियारले जनाएको छ।

राजश्व रकम हिनामिना गर्ने आठै जनाविरुद्ध अख्तियारले हिनामिना गरेको रकम असुलीको माग दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ।

प्रकाशित: Jun 24, 2020| 17:40 बुधबार, असार १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।