मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • तीन लाख रुपैयाँ घुससहित समातिएका वडाअध्यक्षविरुद्ध मुद्दा

तीन लाख रुपैयाँ घुससहित समातिएका वडाअध्यक्षविरुद्ध मुद्दा

काठ व्यवसायीबाट तीन लाख रुपैयाँ घुस लिएको अवस्थामा पक्राउ परेका पाल्पाका एक वडाअध्यक्षविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ।
 |  बुधबार, असार १०, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार १०, २०७७

काठमाडौं- काठ व्यवसायीबाट तीन लाख रुपैयाँ घुस लिएको अवस्थामा पक्राउ परेका पाल्पाका एक वडाअध्यक्षविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ।

रैनादेवी छहरा गाँउपालिका–७ का वडाध्यक्ष देवेन्द्र पुनविरुद्ध अख्तियारले बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

अध्यक्ष पुनले आफ्नो वडाअन्तर्गत रहेका सामुदायिक वनबाट काठ लिलामी तथा निकासी गर्ने कार्यमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीबाट घुस लिएको खुलेको अख्तियारले जनाएको छ।

पुनले वडाभित्र काठको काम गर्दा प्रतिक्युबफिट ३० रुपैयाँका दरले माग गरेको अनुसन्धानबाट खुलेको अख्तियारले जनाएको छ।

प्रकाशित: Jun 24, 2020| 16:56 बुधबार, असार १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।