मंगलबार, भदौ ९, २०८३

एकै दिन ६२९ जनामा कोरोना संक्रमण, कुल संक्रमित १०,७२८

पछिल्लो २४ घण्टामा देशभर ६२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  बुधबार, असार १०, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार १०, २०७७

काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर ६२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

योसहित देशभर कोरोना संक्रमितको कुल संख्या १० हजार ७२८ पुगेको छ।

पछिल्लो २४ घण्टामा ११० जना महिला र ५१९ जना पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए।

अहिलेसम्म कोरोना संक्रमणपछि निको हुनेको संख्या २ हजार ३३८ पुगेको मन्त्रालयले जनाएको छ।

जसमा १९७ महिला र २ हजार १४१ पुरुष रहेका छन्।

पछिल्लो २४ घण्टामा ११४ जना डिस्चार्ज भएका छन्।

प्रकाशित: Jun 24, 2020| 16:24 बुधबार, असार १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।