मंगलबार, साउन १२, २०८३

‘भाइरस हन्टर’ पनि कोरोनाको शिकार

विभिन्न भाइरसहरुको खोप र औषधि तयार गरेर विश्वभर चर्चित बनेका एक वैज्ञानिक नै कोरोना भाइरसको शिकार बनेका छन्।
 |  बुधबार, असार १०, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार १०, २०७७

एजेन्सी- विभिन्न भाइरसहरुको खोप र औषधि तयार गरेर विश्वभर चर्चित बनेका एक वैज्ञानिक नै कोरोना भाइरसको शिकार बनेका छन्।

प्रोफेसर पीटर पाइट संसारकै प्रसिद्ध संक्रामक रोग विशेषज्ञमध्ये एक हुन्।

सन् १९७६ मा इबोला भाइरसको खोज गर्ने टिमका एक हिस्सा रहेका प्रोफेसर पीटर पाइट एचआईभी एड्ससँग जोडिएका रिसर्चमा पनि सबैभन्दा अगाडि थिए।

पछिल्लो करिब ५० वर्षमा विभिन्न भाइरसहरुसँग लडिरहेका उनलाई अहिलेसम्म कुनै पनि भाइरसको संक्रमण भएको थिएन।

त्यसैले उनलाई ‘भाइरस हन्टर’ भन्ने गरिएको थियो।

लण्डन स्कूल अफ ट्रपिकल हाइजिन एण्ड ट्रपिकल मेडिसिनका प्रोफेसर पाइट कोरोना भाइरसबाट भने अछुतो रहेनन्।

उनलाई कोरोना पोजेटिभ देखिएको बीबीसीले जनाएको छ।

प्रकाशित: Jun 24, 2020| 16:12 बुधबार, असार १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।