मंगलबार, भदौ ९, २०८३

धनगढी उपमहानगरले ल्यायो साढे १ अर्बभन्दा बढीको बजेट

कैलालीको धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि साढे १ अर्ब रुपैयाँभन्दा बढीको बजेट ल्याएको छ।
 |  बुधबार, असार १०, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार १०, २०७७

धनगढी- कैलालीको धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि साढे १ अर्ब रुपैयाँभन्दा बढीको बजेट ल्याएको छ।

धनगढीस्थित ओम प्यालेसमा बुधबार आयोजित पाँचौ नगरसभामा उपमहानगरपालिकाकी उपमेयर सुशीला मिश्रले आगामी आर्थिक वर्ष ०७७/७८ का लागि एक अर्ब ६३ करोड ८२ लाख रुपैयाँ बराबरको बजेट प्रस्तुत गरिन्।

बजेटमा चालु खर्चतर्फ ८५ करोड रुपैयाँ र पुँजीगत खर्चतर्फ ७८ करोड ८२ लाख रुपैयाँ विनियोजन गरिएको छ।

यस्तै, आयतर्फ आन्तरिक आयबाट १९ करोड ९९ लाख ७३ हजार ६ सय ६० रुपैयाँ, वित्तीय समानीकरणबाट २९ करोड २ लाख, राजस्व बाँडफाँडबाट १८ करोड ४० लाख, सशर्त अनुदानबाट ५० करोड २६ लाख, प्रदेश सरकार समपुरक कोष अनुदानबाट दुई करोड ५० लाख, प्रदेश सरकार विशेष अनुदानबाट १ करोड १४ लाख र अन्य आयबाट ४२ करोड ५० लाख २६ हजार ३ सय ४० रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ।

बजेटमा कोभिड–१९ बाट सिर्जित संकट व्यवस्थापन, कृषि, पूर्वाधार विकास, शिक्षा क्षेत्रमा गुणात्मक सुधार, सूचना प्रबिधि तथा संचारमा विकासलाई प्राथमिकता दिइएको छ।

प्रकाशित: Jun 24, 2020| 15:46 बुधबार, असार १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।