मंगलबार, भदौ ९, २०८३

जुम्ला सदरमुकाममा निषेधाज्ञा

आज (बुधबार) जुम्ला सदरमुकाममा निषेधाज्ञा जारी गरिएको छ।
 |  बुधबार, असार १०, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार १०, २०७७

सुर्खेत- आज (बुधबार) जुम्ला सदरमुकाममा निषेधाज्ञा जारी गरिएको छ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (शिक्षण अस्पताल) मा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएपछि जुम्ला सदरमुकाममा निषेधाज्ञा जारी गरिएको छ।

समुदायस्थरमा कोरोना फैलिन नदिन सदरमुकाममा आज दिउँसो ३ बजेदेखि निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ।

प्रशासनका अनुसार चन्दननाथ नगरपालिकाको पूर्वमा दान साँघु, पश्चिममा उमगाड, उत्तरमा कर्णाली प्राविधिक शिक्षालय र दक्षिणमा तिल्ला नदीसहितका चार किल्ला क्षेत्रभित्र निषेधाज्ञा जारी गरिएको हो।

प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले विज्ञप्ति जारी गर्दै आज दिउँसो ३ बजेबाट अर्को निर्णय नभएसम्मका लागि निषेधाज्ञ जारी गरिएको जानकारी दिए।

प्रकाशित: Jun 24, 2020| 15:51 बुधबार, असार १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।