मंगलबार, भदौ ९, २०८३

'नागरिकतामा महिला–पुरुषबीच समान प्रावधान हुनुपर्छ'

नेपाली कांग्रेसका सांसद गगन थापाले विदेशी महिला वा पुरुषले नेपालीसँग विवाह गर्दा पाउने अंगीकृत नागरिकताको लागि समान प्रावधान हुनुपर्ने बताएका छन्।
 |  बुधबार, असार १०, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार १०, २०७७

काठमाडौं– नेपाली कांग्रेसका सांसद गगन थापाले विदेशी महिला वा पुरुषले नेपालीसँग विवाह गर्दा पाउने अंगीकृत नागरिकताको लागि समान प्रावधान हुनुपर्ने बताएका छन्।

आज वैवाहिक अंगीकृत नागरिकताको विषयमा आफ्नो धारणा सार्वजनिक गर्दै थापाले अवधि जति राखे पनि महिला र पुरुषबीच विभेद हुन नहुने बताएका हुन्।

थापाले भनेको छन्, ‘वैवाहिक अंगीकृत नागरिकता दिनुअघि निश्चित अवधि राख्नुपर्छ। त्यो अवधि महिला र पुरुषको हकमा समान हुनुपर्छ।’

गत आइतबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिले बहुमतका आधारमा नागरिकता विधेयक पारित गरेको छ।

नेकपा सचिवालय बैठकले प्रस्ताव गरेअनुरुप विदेशबाट विवाह गरेर आउने महिलाले ७ वर्षपछि नागरिकता पाउने कानुनको प्रस्ताव गरिएको छ।

प्रस्तावित कानुनअनुसार नेपाली महिलासँग विवाह गरेर आउने पुरुषले भने आजिवन नागरिता पाउने छैनन्।

महिला र पुरुषबीच यस्तो असमानता राख्न नहुने भन्दै थापाले अवधि ५ वा ७ जति भए पनि प्रावधान भने समान हुनुपर्ने बताएका हुन्।

प्रकाशित: Jun 24, 2020| 14:10 बुधबार, असार १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।