मंगलबार, जेठ ५, २०८३

विश्वविद्यालयलाई भर्तीकेन्द्र नबनाउन नेविसंघको आग्रह

कांग्रेस भ्रातृ संगठन नेपाल विद्यार्थी संघले लामो समयदेखि रिक्त रहेका पोखरा विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय, कृषि तथा वन विश्वविद्यालयमा पदाधिकारी नियुक्त गर्न माग गरेको छ।
 |  बुधबार, असार १०, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार १०, २०७७

काठमाडौं- कांग्रेस भ्रातृ संगठन नेपाल विद्यार्थी संघले लामो समयदेखि रिक्त रहेका पोखरा विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय, कृषि तथा वन विश्वविद्यालयमा पदाधिकारी नियुक्त गर्न माग गरेको छ।

National life

नेविसंघका अध्यक्ष राजीव ढुंगानाले बुधबार विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका हुन्।  संघले कतिपय विश्वविद्यालयमा पदाधिकारीमा नेकपाले भर्ती केन्द्र बनाइरहेको भन्दै आपत्ति जनाएको छ।

संघले त्रिवि पदाधिकारी नियुक्त गर्दा वरिष्ठता, जेष्ठता र क्षमताका आधारलाई कुल्चिएर नेकपाको सिफारिसका आधारमा नियुक्ति गरिएको भन्दै विरोध गरेको छ। संघले भनेको छ, 'विश्वविद्यालयलाई नेकपाभित्रको आन्तरिक गुटगत भागबन्डा गर्ने थलो बनाई कार्यकर्ता भर्ती केन्द्र बनाउनु विडम्बनापूर्ण र लज्जास्पद छ।'

यस्तै संघले चिकित्साशास्त्र अध्ययन संस्थानमा गरिएको डिनको नियुक्ति खारेज गर्न माग गरेको छ। संघले पूर्वाञ्चल विश्वविद्यालयका विधार्थीलाई मौका परीक्षाको व्यवस्था गर्न माग गरेको छ।

प्रकाशित: Jun 24, 2020| 13:50 बुधबार, असार १०, २०७७
प्रतिक्रिया दिनुहोस्