मंगलबार, भदौ ९, २०८३

कैलालीको गोदावरीका थप ३२ जनालाई कोरोना पुष्टि

कैलालीको गोदावरी नगरपालिकाका थप ३२ जनालाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ।
 |  बुधबार, असार १०, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार १०, २०७७

धनगढी- कैलालीको गोदावरी नगरपालिकाका थप ३२ जनालाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ।

धनगढीस्थित सेती प्रादेशिक अस्पतालले बुधबार दिउँसो जारी गरेको प्रेस विज्ञप्ति अनुसार थपिएका संक्रमितमध्ये गोदावरी नगरपालिकाका २८ पुरुष र चार महिलामा कोरोना संक्रमण देखिएको हो।

यसअघि गत मंगलबार गोदावरीमा ४४ जनालाई संक्रमण पुष्टि भएको थियो।

यस्तै, लम्कीचुहा नगरपालिकाका २५ जना गरी कैलालीमा ५७ जना संक्रमित थपिएका छन्। विज्ञप्ति अनुसार लम्कीचुहामा थपिएका संक्रमितमध्ये १९ पुरुष र ६ महिला छन्।

यससँगै धनगढीस्थित पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा संक्रमण पुष्टि हुनेको संख्या ६ सय ६२ पुगेको छ।

प्रकाशित: Jun 24, 2020| 13:40 बुधबार, असार १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।