मंगलबार, भदौ ९, २०८३

विराटनगरको बजेट ३ अर्ब ३७ करोड

विराटनगर– विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७७–०७८ का लागि ३ अर्ब ३७ करोडको बजेट ल्याएको छ ।
 |  बुधबार, असार १०, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार १०, २०७७

विराटनगर– विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७७–०७८ का लागि ३ अर्ब ३७ करोडको बजेट ल्याएको छ ।

बुधबार महानगरपालिकाको छैटौं नगरसभामा उपप्रमुख इन्दिरा कार्कीले ३ अर्ब ३७ करोड ८१ लाख १० हजार रुपैयाँको बजेट प्रस्तुत गरिन् । चालू आर्थिक वर्षको भन्दा १ अर्ब ७४ करोड ४९ लाख कम बजेट महानगरले ल्याएको छ ।

आगामी आर्थिक वर्ष २०७७–०७८ को बजेटमा महानगरपालिको प्रशासनिक खर्च तर्फ ३४ करोड १९ लाख ५० हजार, सामाजिक सुरक्षा तर्फ ३६ करोड र ल्यान्डफिल्डको जग्गा खरिद सहित वातावरण तथा फोहोरमैला व्यवस्थापन तर्फ ११ करोड ४९ हजार ५० हजार रुँपैया बराबरको बजेट विनियोजन गरेको छ ।

नगर स्वास्थ्य तर्फ १९ करोड ५७ लाख ९५ हजार, शैक्षिक विकास कार्यक्रम तर्फ ५६ करोड १३ लाख ५ हजार, महिला बालबालिका एवं युवा विकास तथा खेलकुद तर्फ २ करोड ९ लाख २४ हजार र भौतिक पूर्वाधार निर्माण लगायतका अन्य पुँजीगत खर्च तर्फ १ अर्ब ७१ करोड ७९ लाख ६५ हजार रुँपैयाँ बराबरको बजेट विनियोजन गरिएको उपप्रमुख कार्कीले बताइन् ।

महानगरपालिकाले आन्तरिक स्रोतबाट ८९ करोड ८२ लाख १६ हजार ७ सय, संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँडबाट ७६ करोड ८२ लाख ५२ हजार ९ सय ४० र संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट ३८ करोड ७ लाख ६८ हजार प्राप्त गर्ने अनुमान गरेको छ ।

विराटनगर महानगरपालिकाद्धारा संघीय सरकार सशर्त अनुदानबाट १ अर्ब २ करोड ९ लाख, प्रदेश सरकार सशर्त अनुदानबाट २ करोड १० लाख ९ हजार १ सय ८०, संघीय सरकार बिशेष अनुदानबाट १३ करोड, प्रदेश सरकार समपूरक अनुदानबाट ३ करोड, वैदेशिक तथा अन्य संघसंस्थाको अनुदानबाट ३ करोेड २६ लाख ७८ हजार १ सय ८० र जनसहभागिताबाट ९ करोड ६२ लाख ५ हजार रुँपैया आर्जन हुने अनुमान गरिएको छ ।

प्रजातन्त्र सेनानीलाई सम्मान

विराटनगर महानगरपालिकाले ४ जना प्रजातन्त्र सेनानीलाई नगरसभाको अवसरमा सम्मानित गरेको छ । सम्मानित हुनेमा रमाप्रसाद रिजाल, शान्ता अधिकारी, शिवदत्त भट्टराई र श्याम सुब्वा रहेका छन् ।

महानगरपालिकाले प्रजातन्त्र सेनानीलाई मासिक २ हजार ५ सय आजीवन दिने घोषणा गरेको छ । स्वास्थ्यका कारण अन्य ३ जना प्रजातन्त्र सेनानीहरु कार्यक्रममा उपस्थित हुन नसकेको महानगरले जनाएको छ ।

एक घर एक रसिला फलफूल
विराटनगर महानगरपालिकाले एक घर एक रसिला फलफूलको नीति लिएको छ । हरेक घरमा रसिला फलफूलको विरुवा लगाउनका लागि महानगरले प्रोत्साहन गर्ने प्रमुख भीम पराजुलीले बताए ।

प्रकाशित: Jun 24, 2020| 12:27 बुधबार, असार १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।