मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेकपा स्थायी कमिटीको बैठक सुरु, पाँच एजेन्डामा छलफल हुने

नेकपा स्थायी कमिटीको बैठक सुरु, पाँच एजेन्डामा छलफल हुने

सत्तारुढ दल नेकपाको स्थायी कमिटी बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ।
 |  बुधबार, असार १०, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार १०, २०७७

सत्तारुढ दल नेकपाको स्थायी कमिटी बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ।

पटक पटक बैठक टार्दै आएका प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले एमसिसीका विषयमा दबाब बढ्दै गएपछि बैठक डाकेका हुन्।

बैठकमा अमेरिकन परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी), कोरोना रोकथाम, सीमा समस्या, पार्टी एकताका बाँकी काम आदि विषयमा छलफल हुने बताइएको छ।

यसअघि सचिवालयको बैठकमा एमसिसीबारे धेरैपटक छलफल भए पनि निर्णय हुन सकेको छैन।

यसअघिका सचिवालय बैठकमा भीम रावल, प्रदीप ज्ञवाली, एमसिसी कम्पयाक्टका कार्यकारी अधिकृत खड्गबहादुर विष्ट, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी अधिकृत कुलमान घिसिङलगायतका सरोकारवालालाई राखेर छलफल गर्ने र उनीहरूको धारणा बुझ्ने काम भएको थियो।

 

 

प्रकाशित: Jun 24, 2020| 12:00 बुधबार, असार १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।