मंगलबार, भदौ ९, २०८३

सुनको भाउमा रेकर्ड, तोलाको ९१ हजार नाघ्यो

नेपाली बजारमा सुनको भाउ प्रतितोला ९१ हजार १०० रुपैयाँ पुगेको छ। छापावाल सुनको यो मूल्य अहिलेसम्मकै बढी हो।
 |  बुधबार, असार १०, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार १०, २०७७

नेपाली बजारमा सुनको भाउ प्रतितोला ९१ हजार १०० रुपैयाँ पुगेको छ। छापावाल सुनको यो मूल्य अहिलेसम्मकै बढी हो।

हिजो मंगलबार ९० हजार ६०० रुपैयाँमा कारोबार भएकोमा आज ९१ हजार नाघेको हो।

सोमबार भने ९१ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो।

आइतबार पनि सुन तोलाको ९० हजार ६ सयमा कारोबार भएको थियो। व्यवसायीहरुका अनुसार लकडाउन र भाउ बढेका कारण सुनचाँदीको कारोबार ठप्पप्रायः छ।

गएको चैत ११ गतेदेखि सुन कारोबार बन्द भएको थियो भने सुनचाँदी व्यवसायी महासंघले नयाँ मूल्य पनि तोकेको थिएन।

चैत १० गतेपछि एकैपटक जेठ २५ गते नयाँ मूल्य तोकिएको थियो। चैत १० गते कारोबार बन्द हुँदा सुन प्रतितोला ७७ हजार रुपैयाँमा कारोबार भएको थियो

फाइल तस्बिरः रासस

 

प्रकाशित: Jun 24, 2020| 11:26 बुधबार, असार १०, २०७७
प्रतिक्रिया दिनुहोस्