मंगलबार, भदौ ९, २०८३

स्वीकृतिबिना रेष्टुरेन्ट तथा होटल सञ्चालन गर्न रोक

जिल्ला प्रशासन कार्यालय चितवनले बिनास्वीकृति रेष्टुरेन्ट तथा होटल सञ्चालन नगर्न निर्देशन दिएको छ ।
 |  बुधबार, असार १०, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार १०, २०७७

जिल्ला प्रशासन कार्यालय चितवनले बिनास्वीकृति रेष्टुरेन्ट तथा होटल सञ्चालन नगर्न निर्देशन दिएको छ ।

मङ्गलबार एक सूचना जारी गर्दै प्रशासनले बिनास्वीकृति रेष्टुरेन्ट तथा होटल सञ्चालन गरेको पाइएमा सङ्क्रामक रोग ऐन, २०२० बमोजिम कारवाही गर्ने चेतावनी दिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माद्वारा हस्ताक्षरित सार्वजनिक सूचनामा रेष्टुरेन्टबाट ‘टेक अवे’ सेवा दिन र होटलले क्वारेन्टिन सेवा दिन जिल्ला प्रशासन कार्यालयबाट पूर्वस्वीकृति लिएर मात्र सञ्चालन गर्न पाइने व्यवस्था रहेको उल्लेख छ ।

कोभिड–१९ सङ्क्रमणको जोखिम नहुने गरी स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गरेर त्यस्तो सेवा दिन चाहने इच्छुक रेष्टुरेन्ट तथा होटलले पालना गर्ने मापदण्डसहित जिल्ला प्रशासन कार्यालयमा निवेदन प्राप्त हुन आएमा निर्णयतर्फ उचित विचार हुने सूचनामा जनाइएको छ ।

बन्दाबन्दी खुकुलो भएसँगै जिल्लामा होटल रेष्टुरेन्ट पनि खुल्ने क्रम बढेको छ । यसअघि पनि प्रशासनले सूचना जारी गरेर रेष्टुरेन्ट तथा होटल सञ्चालन नगर्न निर्देशन दिएको थियो ।

रासस

प्रकाशित: Jun 24, 2020| 10:11 बुधबार, असार १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।