मंगलबार, भदौ ९, २०८३

हेटौँडाका जग्गा कारोबारी श्रेष्ठ जङ्गलमा मृत फेला

हेटौँडाका एक युवा व्यवसायी आज (बुधबार) बिहान जङ्गलमा मृतावस्थामा भेटिएका छन् ।
 |  बुधबार, असार १०, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार १०, २०७७

मकवानपुर- हेटौँडाका एक युवा व्यवसायी आज (बुधबार) बिहान जङ्गलमा मृतावस्थामा भेटिएका छन् ।

उनको शव हेटौँडा उपमहानगरपालिका–१ भैरवडाँडाको जङ्गलमा भेटिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हेटौँडा–५ सानोपोखराका ३० वर्षीय पविनमान श्रेष्ठको शव आज फेला परेको हो ।

राप्तीपुलबाट भैरवडाँडा जाने बाटोको जङ्गलमा उनी मृत भेटिएका हुन् । श्रेष्ठको शव नजिक किटनाशक औषधिसमेत फेला परेको प्रहरीले जनाएको छ ।

शव परीक्षणका लागि हेटौँडा अस्पतालमा लगिएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतक श्रेष्ठ जग्गासम्बन्धी कारोवार गर्ने व्यक्ति भएको जनाइएको छ । -रासस

प्रकाशित: Jun 24, 2020| 10:03 बुधबार, असार १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।