मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चार स्वास्थ्यकर्मीमा कोरोना, आकस्मिक बाहेक सबै सेवा बन्द

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चार स्वास्थ्यकर्मीमा कोरोना, आकस्मिक बाहेक सबै सेवा बन्द

मंगलबार राती गरिएको पीसीआर परीक्षणमा चार जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको प्रतिष्ठानका निर्देशक डाक्टर मंगल रावलले जानकारी दिए ।
 |  बुधबार, असार १०, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार १०, २०७७

सुर्खेत- कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत चार जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ ।

प्रतिष्ठानमा मंगलबार राती गरिएको पीसीआर परीक्षणमा चार जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको प्रतिष्ठानका निर्देशक डाक्टर मंगल रावलले जानकारी दिए ।

कोरोना संक्रमण पुष्टि भएका स्वास्थ्यकर्मीहरु क्वारेन्टाइ र आइसोलेसनमा बसेका नागरिकको रेखदेखमा खटिएका थिए । स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि आज प्रतिष्ठानमा कार्यरत सम्पूर्ण स्वास्थ्यकर्मी र अन्य कर्मचारीको पीसीआर परीक्षण गरिने भएको छ ।

यसैबीच स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि प्रतिष्ठानले अर्को सूचना जारी नभएसम्म आकस्मिक बाहेकका सबै सेवा बन्द गरेको जनाएको छ ।

प्रकाशित: Jun 24, 2020| 09:33 बुधबार, असार १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।