मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • क्वारेन्टिनमा बसेका व्यक्तिद्वारा आत्महत्या, यसअघि भाग्ने प्रयास गरेका थिए

क्वारेन्टिनमा बसेका व्यक्तिद्वारा आत्महत्या, यसअघि भाग्ने प्रयास गरेका थिए

तनहुँको घिरिङ गाउँपालिकामा एक व्यक्तिले मङ्गलबार राति आत्महत्या गरेका छन्।
 |  बुधबार, असार १०, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार १०, २०७७

तनहुँको घिरिङ गाउँपालिकामा एक व्यक्तिले मङ्गलबार राति आत्महत्या गरेका छन्।

सोही गाउँपालिका निवासी ४९ वर्षीय व्यक्तिले पङ्खाको सिलिङमा सुरुवालको पासो लगाई आत्महत्या गरेका हुन्। भारत रोजगारीमा गएका उनी गत असार ४ गते घर आएका थिए ।

शुरुमा उनलाई सरस्वती माध्यमिक विद्यालयको क्वारेन्टिनमा राखिएको भए पनि भाग्ने प्रयास गरेका थिए । गाउँपालिकाले त्यसपछि सुरक्षित स्थान चन्द्रज्योति माध्यमिक विद्यालयको क्वारेन्टिनमा राख्दै आएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए। हाल उक्त क्वारेन्टिनमा चार जना बाँकी छन् ।

“ती व्यक्तिमा मानसिक समस्या रहेको जानकारी पाएको छु,” उनले भने, “घटनाको जानकारी पाएलगत्तै यहाँबाट एक प्रहरी टोली पठाइएको छ । सुरक्षितरूपमा शव व्यवस्थापन गर्नका लागि स्वास्थ्यकर्मी टोलीसमेत घटनास्थल पुगेका छन् ।”

तनहुँमा मङ्गलबार मात्रै विभिन्न स्थानमा गरी अन्य तीन जनाले आत्महत्या गरेको प्रहरीले जनाएको छ । तनहुँमा आत्महत्या गर्नेको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको छ । मानसिक तनाव, प्रेममा असफल, गरिबीका कारण समाजमा यस्ता घटना घट्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

रासस

प्रकाशित: Jun 24, 2020| 09:26 बुधबार, असार १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।