मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेकपाको स्थायी समिति बैठक आजबाट, एमसिसीका विषयमा निर्णय लिने

नेकपाको स्थायी समिति बैठक आजबाट, एमसिसीका विषयमा निर्णय लिने

बैठकमा अमेरिकन परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) स्वीकार गर्ने कि नगर्ने भन्ने विषयमा विशेष छलफल हुने भएको छ ।
 |  बुधबार, असार १०, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार १०, २०७७

काठमाडाैं- लामो समयको रस्साकस्सी पछि आज (बुधबार)बाट सत्तारुढ नेकपाको स्थायी समिति बैठक सुरु हुँदैछ ।

पटक पटक बैठक टार्दै आएका प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले एमसिसीका विषयमा दबाब बढ्दै गएपछि बैठक डाकेका हुन् ।

बैठकमा अमेरिकन परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) स्वीकार गर्ने कि नगर्ने भन्ने विषयमा विशेष छलफल हुने भएको छ ।

असार १६ गतेभित्र संसदबाट एमसीसी पास गरिसक्नु पर्ने भएपछि पार्टी स्थायी कमिटी बैठकमा यसबारे छलफल हुन लागेको एक नेताले जानकारी दिए ।

सचिावलयको बैठकमा एमसिसीबारे धेरैपटक छलफल भएपनि निर्णय लिन सकेको थिएन ।

यसअघिका सचिवालय बैठकमा भीम रावल, प्रदीप ज्ञवाली, एमसिसी कम्पयाक्टका कार्यकारी अधिकृत खड्गबहादुर विष्ट, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी अधिकृत कुलमान घिसिङलगायतका सरोकारवालालाई राखेर छलफल गर्ने र उनीहरूको धारणा बुझ्ने काम भएको थियो।

तर पनि सचिवालय बैठकले मात्रै एमसिसीबारे निर्णय गर्नसक्ने अवस्था नआएपछि स्थायी कमिटी बैठकमा मुख्य एजेन्डा बनाइएको छ। 

बैठकका एजेन्डाका विषयमा मंगलबार बालुवाटारमा अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच छलफल भएको थियाे । दुई घण्टा लामो छलफलपछि पार्टी एकता, सरकारको कामको समीक्षालगायत विषयलाई पनि एजेन्डा बनाउने सहमति भएको छ।

स्थायी समिति बैठकमा सरकारको काम कारबाहीका विषयमा उठेका प्रश्नको जवाफ माग गरिने एक नेताले बताए ।

प्रकाशित: Jun 24, 2020| 08:55 बुधबार, असार १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।