मंगलबार, भदौ ९, २०८३

पाकिस्तानका १० जना क्रिकेटरलाई कोरोना संक्रमण

पाकिस्तानका १० जना क्रिकेट खेलाडीमा कोरोना भाइरसको संक्रमण भएको छ।
 |  बुधबार, असार १०, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार १०, २०७७

पाकिस्तानका १० जना क्रिकेट खेलाडीमा कोरोना भाइरसको संक्रमण भएको छ।

मंगलबार फखर जमान, इमरान खान, काशिफ भट्टी, मोहम्मद हफिज, मोहम्मद हसनैन, मोहम्मद रिजवान र वहाब रियाजलाई कोरोना पुष्टि भएको पाकिस्तान क्रिकेट बोर्डले जनाएको छ।

यसअघि सोमबारमात्रै शादाब खान, हारिस रउफ र हैदर अलिलाई कोरोना संक्रमण भएको थियो। दुई दिनमै १० पाकिस्तानी खेलाडीलाई कोरोना संक्रमण भएको हो।

नेगेटिभ रिपोर्ट आएका २८ खेलाडी भने यही महिना बेलायत जानेछन्। पाकिस्तान क्रिकेट टिमले आगामी अगस्टमा तीन टेस्ट र तीन टि–ट्वान्टी म्याच खेल्ने तय भएको छ।

पाकिस्तानमा कोरोना संक्रमण बढ्दो क्रममा छ। अहिलेसम्म त्यहाँ १ लाख ८५ हजारभन्दा बढी संक्रमित भइसकेका छन् भने ३ हजार ९ सयभन्दा बढीको मृत्यु भइसकेको छ।

बीबीसी

प्रकाशित: Jun 24, 2020| 05:41 बुधबार, असार १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।