मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • बैंक बलियो भए मात्र उद्योगीलाई सहयोग गर्न सक्छ : बैंकर्स

बैंक बलियो भए मात्र उद्योगीलाई सहयोग गर्न सक्छ : बैंकर्स

बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरुले कोरोना (कोभिड–१९) बाट प्रभावित अर्थतन्त्रलाई राहत दिन बैंक पनि बलियो हुनुपर्ने बताएका छन्
 |  मंगलबार, असार ९, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असार ९, २०७७

काठमाडौं- बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरुले कोरोना (कोभिड–१९) बाट प्रभावित अर्थतन्त्रलाई राहत दिन बैंक पनि बलियो हुनुपर्ने बताएका छन् ।

नेपाल आर्थिक पत्रकार समाजले मंगलबार गरेको मौद्रिक नीतिबारको अन्तरक्रियामा उनीहरुले मौद्रिक नीति बैैंक तथा वित्तीय संस्था बचाउने गरी ल्याउनुुपर्ने बताए।

नेपाल बैकर्स संघका अध्यक्ष भुवन दाहालले बैंकको ठूलो निक्षेप सर्वसाधारणको हुने भएकाले उनीहरुलाई दिने ब्याज घटाएर सीमित ऋणीलाई मात्र सहुलियत दिन नसकिने बताए। आगामी ६ महिनाभित्र बैंकको ब्याजदर एकल अंकमा झर्ने दाबी गर्दै उनले व्यापारीले मागेजस्तो ५ प्रतिशतमा भने दिन नसकिने स्पष्ट पारे।

चैत र वैशाखमा निक्षेप घटे पनि जेठ लागेपछि बढेको र रेमिट्यान्स आप्रवाह राम्रो रहेकाले नयाँ ऋण विस्तार गर्नका लागि बैंकिङ क्षेत्रमा पर्याप्त तरलता रहेको दाहालले जानकारी दिए ।

डेभलपमेन्ट बैंकर्स संघका अध्यक्ष गोविन्द ढकालले मौद्रिक नीतिले व्यवसायी र बैंकलाई एउटै स्थानमा राखेर दुवै पक्षलाई अप्ठ्यारो नपर्ने गरी नीतिगत व्यवस्था गर्नुपर्ने बताए।

नेपाल वित्त कम्पनी संघका अध्यक्ष सरोजकाजी तुलाधरले कोरोनाबाट प्रभावित व्यापार व्यवसाय पुनर्स्थापित हुने र बैंकहरुको ब्यालेन्स सिट पनि नेगेटिभ नहुने गरी मौद्रिक नीति ल्याउनुपर्ने बताए।

 

प्रकाशित: Jun 23, 2020| 21:38 मंगलबार, असार ९, २०७७
प्रतिक्रिया दिनुहोस्